इन्द्रपुर नमुनाका विधार्थी सहकारी अभियान्ता सग अन्तरक्रिया गर्दै

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा रहेको इन्द्रपुर नमुना सेकेन्डरी स्कुलले विधार्थीहरुलाई अतिरिक्त ज्ञान प्रदान गर्न हरेक हप्ताको शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कोभिड १९ का कारण विधालय बन्द भए सगै स्थगित भएको WELCOME FRIDAY कार्यक्रमलाई विधालयले पुन सञ्चालनमा ल्याएको छ । गत हप्ता इन्द्रपुर खानेपानी सस्थाका अध्यक्ष केदार गुरागाईलाई विधालयमा बोलाएर पुन सुचारु गरिएको उक्त कार्यक्रममा यस हप्ता इन्द्रपुर सहकारी सस्थाका अध्यक्ष राम प्रसाद गजुरेललाई विधालयले आमन्त्रण गरि निरन्तरता दिएको हो ।

विधार्थीलाई आर्थिक सम्बन्धि ज्ञान दिने उद्देश्यले सहकारीका अध्यक्ष गजुरेललाई आमन्त्रण गरिएको विधालयका प्रीन्सिपल अर्जुन ढकालले बताए ।

कार्यक्रममा विधार्थीहरुले गजुरेललाई सहकारी क्षेत्रका विषयमा प्रश्न गरेका थिए । गजुरेलले समाजमा स्थापन भएका हजारौ सहकारीले शिक्षा क्षेत्रमा समेत जोड दिनु पर्ने बताएका थिए । उनले आफुले सहकारीको माध्यमबाट समाजमा शिक्षा क्षेत्रमा समेत लगानी गर्न सबै सहकारी सस्थाहरु सग छलफल गर्दै आएको समेत बताएका थिए ।

विधार्थीहरुको अतिरिक्त ज्ञान अभिवृद्धि गराउनको लागि विधालयले समाजमा नेतृत्व गर्ने हरेक संघ सस्थामा आवद्ध व्यक्तीहरु सग विधार्थीहरु माझ अन्तर्कृया गर्दै आएको छ ।