बेलबारी नगरपालिकाद्वारा किसानलाई कृषियन्त्र तथा माहुरीसहितका घार वितरण


बेलबारी नगरपालिकाले कृषकहरुलाई विभिन्न कृषि यन्त्र उपकरण बितरण गरेको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई पावर टिलर,मकै थ्रेसर र माहुरी सहितका घार बितरण गनुभएको हो । कृषकहरुलाई ब्याबसायिक कृषिमा जोड दिनका लागि कृषि उपकरण बितरण गरीएको नगर प्रमुख सुवेदीले बताउनुभएको छ । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न सहयोग पुगोस भन्न्ने उदेश्यले कृषकहरुलाई सहयोग गरेको मेयर सुवेदीको भनाई छ ।
एक वडा एक उत्पादनको निति लिएको नगरपालिकाले १० थान पावर टिलर,२० थान मकै छोडाउने (मकै)थ्रेसर, माहुरीको गोला सहितको ६० वटा घार तथा ६ थान मिनिटिलर बितरण गरेको कृषि शाखाका प्रमुख बिनोद दाहालले जानकारी दिनुभयो ।