सुन्दरहरैचामा नेकपामा पहिरो: २१० जना काङ्ग्रेसमा प्रवेश

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाको नेकपामा पहिरो गएको छ । दर्जनौं नेता र कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन्  ।

काङ्ग्रेस सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम मार्फतअन्य पार्टीमा आबद्द नेता कार्यकर्तलाइ काङ्ग्रेसमा प्रवेश गराइएको हो ।

नेकपा र राप्रपा पार्टी परित्याग गरि २१० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । उनिहरुलाई नेपली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईराला, प्रदेश सासद लोकप्रसाद संग्रौला र सुन्दरहरैचा नगरपलिकाका नगरप्रमुख शिव प्रसाद ढकालले स्वागत गरेका थिए ।

कार्यक्रमको सभापतित्वमा काङ्ग्रेस सुन्दरहरैचा नगरपालिका वडा नं ८ का सभापती श्याम कुमार आचार्य रहेका थिए ।