सुन्दरहरैचा उवा संघ: निर्वाचन प्रक्रियामा ठुला बडाकै चलखेल

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको निर्वाचन गराउन अहिले संघमा नेतृत्व गर्ने समितिलाई हम्मे हम्मे परेको छ । लामो समय देखि संघले निर्वाचनको मिति समय तालिका समेत पटक पटक सार्वजनिक गर्दै आएता पनि अहिले सम्म संघको निर्वाचन हुन सकिरहेको छैन ।

कोभिड १९ लाई देखाएर स्थगित भएको संघको निर्वाचनमा अहिले पुर्व अध्यक्ष साथै पदाधिकारीहरु को सक्रियता देखिन थालेको छ । उनिहरुले आफ्नो आफ्नो लभिङ गर्दै चुनावी प्रक्रियाबाट नभएर गोला प्रथाको माध्यमबाट संघको आगामी नेतृत्व चुन्ने बाटो रोजेको सुचना बाहिर आएको छ ।

संघको हालको नेतृत्वको लागि अध्यक्षमा कृष्ण रिजाल र टीका कट्टेलको नाम सार्वजनिक भईरहेको छ । लामो समय अघि देखि नै अध्यक्ष पदका उम्मेदवार कृष्ण रिजालले आफ्नो समूह बनाई व्यापारीहरु सग भोट माग्दै आएका छन । तर अर्का अध्यक्ष पदका उम्मेदवार भने चुनावी प्रक्रियाबाट नभई सहमतीको प्रक्रियाबाट आफू अघि आउने भन्दै व्यापारी माझ समेत गएका छैनन ।

अहिले कृष्ण रिजाललाई आम व्यापारीहरुले अध्यक्ष पदमा उठ्न दबाब दिईरहदा संघमा भने पुर्व अध्यक्ष र पदाधिकारीहरुको चलखेल हुन थालेको छ । उनिहरुले आफ्नो स्वार्थ पूरा गर्न गोला प्रथाबाट अध्यक्ष पद टुंगो लगाउनलाई अहिले विभिन्न व्यक्तीहरु सग लभिङ छलफल गरिरहेको जानकारी आएको छ ।

केही दिन अगाडि संघका एक पुर्व अध्यक्षको घरमा केही सिमित व्यक्तीहरु बसेर गोलाप्रथा गरेको घटना सार्वजनिक भएको छ । गोलाप्रथामा केही सिमित व्यक्तीले टीका कट्टेल लाई अध्यक्षमा चुनिएको भनेर दाबी गरेका छन । तर यस घटनाको आधिकारीक पुष्टि अहिले सम्म उधोग वाणिज्य संघले सार्वजनिक गरेको छैन ।

अहिले उक्त घटनाको चौतर्फी व्यापारीहरुले विरोध गरिरहेका छन । व्यापारीहरुले निर्वाचनबाट व्यापारीहरुले रोजेको व्यक्तीलाई नै अघि सार्नु पर्ने बताउदै आएका छन ।