लक्ष्मी माविमा जुनियर रेडक्रस सहित बाल क्लबका समितिहरु गठन


बेलबारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी माविमा शुक्रबार बाल क्लब, जुनियर रेडक्रस सर्कल र ग्रीन क्लब गठन भएका छन् । विभिन्न क्रियाकलापमा विद्यार्थीहरुलाई सांगठनिक रुपमै सहभागी गराउने उद्देश्यका साथ ती समुहहरु गठन भएको कुरा उक्त विद्यालयका सुचना अधिकारी भुवन कार्कीले बताउनुभयो।
विद्यालयका अनुसार गठित लक्ष्मी मावि जुनियर रेडक्रस सोसाइटीको शिक्षक नायक लोकबन्धु थापा रहनुभएको छ । शिक्षक सहनायकमा हेमन्त ढकाल,अध्यक्ष विपन लिम्बु,उपाध्यक्ष प्रज्ञान ढकाल,कोषाध्यक्ष विनिषा नेपाली,सचिव टिका खड्का र सहसचिव केशव पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा अजय बराइली,प्रमिला तामाङ,रोमन धिमाल,धनकुमारी श्रेष्ठ,आयुषा कार्की लगायत रहनुभएको छ ।


विद्यालयलाई सफा,हराभरा र हरित विद्यालयको रुपमा परिणत गर्न जानुका श्रेष्ठको अध्यक्षतामा लक्ष्मी ग्रिन क्लब गठन भएको छ । क्लबको उपाध्यक्षमा युनिका गजमेर,सचिव अरुण उपरकोटी,सहसचिव रोदिना राई हुनुहुन्छ । क्लबको सदस्यहरुमा सुमित्रा धिमाल,भेषराज खड्का,सविना वि.क.,शुक्रबहादुर तामाङ लगायत रहनुभएको छ । ग्रीन क्लबको संरक्षक शिक्षक ऋषिकुमार नेपाल हुनुहुन्छ ।


त्यस्तै शुक्रबार नै आषिश लिम्बुको अध्यक्षतामा लक्ष्मी बाल क्लब पनि गठन भएको छ । क्लबको उपाध्यक्ष शिवानी न्यौपाने,सचिव शान्ता तामाङ,कोषाध्यक्ष प्रिजम ढकाल चयन हुनुभएको छ । क्लबका सदस्यहरुमा सोहन भुर्तेल,रुपेश विष्ट,सिर्जना गूरुङ,रोशल राई,आकृति दर्जी,रोजिना दर्जी,रमिला भुजेल लगायत रहनुभएको छ । बाल क्लबको संरक्षक शिक्षक देवीप्रसाद पोखरेल हुनुहुन्छ ।कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधनाध्यापक गोविन्द भण्डारीले गर्नुभएको थियोे भने कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्ने काम बाल क्लबका संरक्षक शिक्षक देवीप्रसाद पोख्रेलले गर्नुभएको थियो ।जुनियर रेडक्रस सर्कल शिक्षक नायक लोक बन्धु थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विव्यस सदस्य शिक्षक प्रतिनिधि धनजीत पराजुलीले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।अनुशासन समितिका शिक्षक मोहनकुमार नेपालको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयलाई बेलबारी नपाकै उत्कृष्ट बनाउन विद्यार्थी र शिक्षकले सामुहिक रुपमा प्रयत्न र पदीय जिम्मेवारी निभाउन समेत बिद्यालयका प्रधानाध्यापक गोबिन्द भण्डारीले निर्देशन दिनुभएको थियो । त्यस्तै गरी अङ्ग्रेजी मनध्यमका इन्चार्ज भुपराज अधिकारी, प्रावि इन्चार्ज भेषकुमार खड्का, किशोरी परापर्श समितिका संरक्षक शिक्षक साबित्रा सुवेदीको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो ।