सुन्दरहरैचामा वडा स्तरिय भलिबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचामा रहेको अमरज्योती युवा क्लबको आयोजनामा  माघ २४ गते देखि सुन्दरहरैचा नगरपालिका वडा नं ५ को अमरज्योती चौकमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।   

खेलकुदलाई आन्तरिक पर्यटनसग जोड्दै नगरका १२ वटा वडाका भलिबल टिम उक्त प्रतियोगितामा सहभागी रहने आयोजक क्लबका अध्यक्ष निश्चल घिमेरेले बताए ।

क्लबका अध्यक्ष घिमिरेले प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, दोस्रोले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने जानकारी दिए ।