आयोजकले जित्यो अन्तरास्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कपको उपाधी

पथरी, मोरङ्गको पथरीशनिश्चरेमा सम्पन्न पाचौं अन्तरास्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको उपाधी आयोजक युथ फ्रेन्ड्ली सेन्टर (वाईएफसी) पथरीशनिश्चरेले जितेको छ ।
आज विहिबार सम्पन्न फाइनल खेलमा योङ ब्रदर सिरिजङ्गालाई २-० गोलले पाखा लगाउदै आयोजकले उपाधी कब्जा गरेको हो । खेलको २२ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको आयोजकले ६६ औँ मिनेटमा अग्रता दोब्बर बनाउदा समेत सिरिजङ्गाको तर्फबाट कुनै गोल हुन नसक्दा सिरिजङ्गा नतिजा सुम्पदै उपविजेतामा सिमित बनेको हो ।
आयोजकका लागि पहिलो गोल बिक्रम लिम्बुले फ्रि- किक मार्फत गरेका थिए भने दोश्रो गोल निशान लिम्बुले गरे ।
सिरिजङ्गाका लागि राजकुमार कन्दङ्वाले प्रहार गरेको कर्नर किकमा सुजन चौधरीले आकर्षक हेड मार्फत गोलको प्रयास गरेपनी आयोजकका गोलरक्षक विशाल दर्लामी मगर बाधक बन्दा सिरिजङ्गाले गोल गर्न सकेन। दुवै टिमले पाएको केही अवसरहरु भने बिफल भएका थिए । फाइनल खेलको मेन अफ द म्याच आयोजक टोलिका बिक्रम लिम्बू घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको बिजेता बन्दै आयोजकले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको सिरिजङ्गाले ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजकका छिरिङ तामाङ्ग, उत्कृष्ट फर्वाड आयोजकका उमेश राई, उत्कृष्ट डिफेन्स आयोजकका पदम भट्टराई घोषित भएका छन । प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने सिरिजङ्गाका सन्तोष न्यौपाने बनेका छन । उनले आयोजक (बि) सँगको एकै खेलमा ५ गोल गरेका हुन। त्यसैगरी प्रतियोगिताको उत्कृष्ट मिड फिल्डर सिरिजङ्गाका राजकुमार कन्दङ्वा घोषित भए भने उदयमान खेलाडी आयोजक बि का निरज परियार बनेका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक वाइएफसीका नवीन गुरुङ्ग बनेका छन । सम्पुर्ण बिधागत पुरस्कारहरुको राशी समान ५ हजार रहेको छ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको उपाधी बिजेता टोलिका प्रशिक्षक युवराज साम्पाङले पाएका छन ।
प्रतियोगिता युथ फ्रेन्ड्ली सेन्टरको आयोजना र सेक्टर आई फेमेलि अमेरिकाको मुख्य प्रायोजनमा सम्पन्न भएको हो।




Leave a Reply

Your email address will not be published.