जाडोमा नागरिकले पाए न्यानो कपडा

सुन्दरहरैचा । जाडो बढे सगै मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ ले न्यानो कपडा वितरण कार्यलाई तिव्र बनाएको छ ।

शुक्रबार वडामा भएका अति विपन्न परिवारहरुलाई वडा कार्यालयमा बोलाएर वडाले लता कपडा वितरण गरेको हो । कोभिड १९ को कारण लामो समय लकडाउन भए सगै दैनिक ज्यालादारी गरि खानेहरुलाई समस्या भएको भन्दै वडाले वडामा भएका अति विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरेको वडाध्यक्ष विशनलाल चौधरीले बताए ।

नगरले प्रत्येक वडामा अति विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण कार्यक्रम अघि साह्रै सगै वडाले वडामा भएका २५ जना अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको वडाध्यक्ष चौधरीले बताए ।

वडामा अझ बढिको संख्यामा अति विपन्न परिवारको संख्या रहेको छ । वडाध्यक्ष चौधरी भन्छन : ” यो अति सानो परिणाम हो ” हामीले नगरलाई परिणाम थोह्रै र माग धेरै भएको जानकारी गराएका छौ । ” स्थानिय स्रोत र कार्य व्यवस्थापनले भ्याए सम्म वडामा अझै अति विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेको वडाध्यक्ष चौधरीले बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नं ११ का वडाध्यक्ष विशनलाल चौधरी , महिला सदस्य सुष्मा चौधरी, ज्ञानुमाया सार्की, मेलमिलापका गंगा प्रसाद खतिवडा, निरु बजगाई, तुलसा आचार्य, युवा समाजसेवी विनोद भट्टराई लगायत व्यक्तीहरुको उपस्थिती रहेको थियो ।