सुन्दहरैचाका मंसुरीको करेन्ट लागेर मृत्यु

सुन्दरहरैचा । मोरङको  सुन्दरहरैचा नगरपालिका- ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । मंसुरीको उपचारको क्रममा मृत्यु भएको ईलाक प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

घाइते भएका मंसुरीलाई उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर लगिएको थियो । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।