सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल र युएईका राजदुत सईद हमदान मोहम्मद अल नकबी बिच आज भेट वार्ता भएको छ ।
कोरोनाले असर पारेको यस क्षेत्रका अरेक विकास योजना देखि अन्य क्षेत्रको लागि समेत यो भेट वार्ताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने ढकालले बताएका छन ।
ढकालले कोरोनाले नगरमा भएको असर र यसबाट कसरी नगरको विकासलाई गतिसिल बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको बताएका छन् ।
कोरोनाले थलथलीएको ब्यवसायीक बजारमा बिदेशी लगानी साथै नगरको विकासमा समेत लगानी गर्ने सम्बन्धमा छलफल भएको ढकालले बताएका छन् ।
राजदुत अल नकबी उदयपुरमा रहेको जामे मस्जित उद्धघाटन गर्न आएका थिए । सोही क्रममा नगरप्रमुख ढकालले राजदुत अल नकबीलाई भेटेका हुन ।