टेन नवोदयको लज्जास्पद हार वाइ एफसी बिजयी


पथरी, मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ अन्तराष्ट्रिय च्यालेन्ज कप फुटबलमा प्रतियोगितामा टेन नवोदयले लज्जास्पद हार ब्यहोरेको छ ।
नेपालको ए डिभिजन तथा अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुलिसकेका खेलाडीहरुको साथमा मैदान प्रवेश गरेको टेन नवोदयले आयोजक वाई एफसी सग २-० ले पछि पर्दै फाईनलको यात्रामा पुर्णबिराम लगाएको छ ।
केही समय अघि भएको पथरी प्रिमियर लिगमा होम टिमका सथ बिजयी बनेको टेन नवोदय यो प्रतियोगितामा भने अनुभवी खेलाडीहरुको साथमा पनि हार ब्यहोर्न बाध्य बनेको छ ।

वाइएफसीका जसी नं. ८ का नितिन थापाले २ गोल गर्दै टिमलाई फाइनल पु¥याए । खेलको ७४ औँ मिनेटमा उत्कृष्ट गोल गरेर टिमलाई १–० गोल अन्तरले अगाडी बढाएका थिए । खेलको अन्तिम मिनेटमा मनिस थापाको क्रस पासमा नितिनले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
यसअघि खेलको १५ औँ मिनेटमा जय गुरुङको पासमा फोर्ड डी फोकोनाले गरेको वाइसाइकल प्रहारलाई टेन नवोदयका गोलरक्षक अर्जुन बस्नेतले पन्च गरेर उत्कृष्ट बचाउ गरे । उमेश राई लगायतका खेलाडीले पटक पटक गरेका प्रहारलाई बस्नेतले बिफल बनाएका थिए ।

टिममा ३ बिदेशी खेलाडी सहित राष्ट्रिय खेलाडीले भरीभराउ रहेको टेन नवोदयले खासै पोस्ट प्रहार गर्न भने सकेन । ६१ औँ मिनेटमा सुवास तामाङको पासमा फोकोफोनाले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ७८ औँ मिनेटमा पनि फोकोफोनाले गरेको प्रहारले जाली चुम्न सकेन । बिशाल बस्नेतको क्रस पासमा बिजय धिमालले गरेको प्रहारले पनि पोस्टको दिशा नलिएपछि नतिजा वाइएफसीलाई सुम्पन माध्य भयो ।
आजको खेलको म्यान अफ दि म्याच वाइएफसीका नितिन थापा घोषित भए । थापाले २ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ ।

मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ। प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

भोलीको खेल बेलबारी फुट्बल क्लव बेलबारी र योङ ब्रोदर श्रीजंगा इलाम बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरी शनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन् ।