प्रधानमन्त्री ओलीले राजनीति सन्यास लिनुहुन्छ: योगेश भट्टराई

सुन्दरहरैचा । नेकपका नेता योगेश भट्टराईले अब प्रधानमन्त्री ओलीले राजनितिक सन्यास लिनुको विकल्प नरहेको बताएका छन ।

सुन्दरहरैचाको विराटचौकमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले फाल्गुनको पहिलो साता भंग भएको प्रतिनिधि सांसद ब्युतिने बताउदै त्यस पश्चात् प्रधानमन्त्री ओलीले सन्यास लिने बताएका हुन ।
प्रधानमन्त्री ओली यो देशमा अन्तिम पटक जन्मिएको बताउदै यो नै ओलीको अन्तिम जन्म भएको बताएका छन । उनले सुर्य चिन्ह प्रचण्ड-माफ्हव समुहले नेतृत्व गरेकै नेकपा पार्टीले प्राप्त गर्ने बताउदै नेता कार्यकर्तालाई आफ्नो सिट सुरक्षित गर्न समेत आग्रह गरे ।

उनले प्रधानमन्त्री ओलीले संविधान माथी हस्तक्षेप गरेको जिकिर गरे । प्रधानमन्त्री ओली आफै पार्टी विभाजन तर्फ लागेको बताउदै उनले प्रचण्ड-माधव समूह एकताको पक्षमा रहेको बताएका छन । उनले राजनितीक दलको विधान अनुरुप केन्द्रिय सदस्यको बहुमतको आधारमा निर्वाचन चिन्ह प्राप्त गर्ने बताउदै सुर्य चिन्ह प्रचण्ड-माधव समुहले नै प्राप्त गर्ने बताए ।

उनले यदि प्रधानमन्त्री ओली सग बहुमत छ भने सुर्य चिन्ह ओलीलाई नै दिन समेत निर्वाचन आयोगलाई आग्रह गरे । तर उक्त बहुमत प्रचण्ड-माधव समूह सग छ भने उक्त चिन्ह प्रचण्ड-माधव समुहलाई नै दिन आग्रह गरे ।