बेलबारीलाई टाइब्रेकरमा पछि पार्दै शिरिजङ्गा सेमी प्रवेश

पथरी, बेलबारी फुट्बल क्लवलाई टाइब्रेकरमा पछि पार्दै योङ ब्रदर्श श्रीजंगा फुट्बल क्लव सेमीफाइनल प्रवेश गरेको छ ।

मोरङको पथरी शनिश्चरे १० मा आयोजना भइरहेको ५ औँ संसकरणको अन्तराष्ट्रिय च्यालेन्ज कप फुटबलको आजको खेलमा बेलबारीलाई पछि पार्दै श्रीजंगाले सेमीफाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा खेल २–२ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको हो ।

खेलको ६ मिनेटमा श्रीजंगाका जर्सी नं. १४ का सनम धिमालले उत्कृष्ट गोल गरे । ५४ औँ मिनेटमा जर्सी नं. ९ का खेलाडी रोहन कार्कीले एकल प्रयासमा टिमलाई दोस्रो गोल गरेका थिए ।

यता बेलबारीका सुसन लामाले १६ औँ मिनेटमा गोल गरेका थिए । खेलको २९ औँ मिनेटमा कासिम राईले गोल गरे । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा बेलबारीका विवेक पौडेल, मौषम लिम्बू र बिक्रम धिमालले गोल गरे । श्रीजंगाका तर्फबाट सनम भूजेल, राजकुमार कन्दङ्वा, दिवश गिरी र सन्तोष न्यौपानेले गोल गरे ।

आजको खेलको म्यान अफ दि म्याच श्रीजंगाका गोल रक्षक विशाल दर्लामी मगर घोषित भए । मगरले ५ हजार रुपैया र मेडल प्राप्त गरे । प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ ।

मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ। प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

भोलीको सेमीफाइनल खेल दुधे फुट्बल क्लव झापा र योङ ब्रोदर श्रीजंगा इलाम बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरी शनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन् ।