सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा १० खोर्सानेमा संचालनमा आएको तिलहरी होमप्लेक्स डिपार्टमेन्ट स्टोर साथै सिर्जना क्याफे एण्ड रेष्टोको बुधबार विधिवत रुपमा उद्घघाटन गरि शुभारम्भ गरिएको छ ।
आकर्षक लगानीमा संचालनमा आएको डिपार्टमेन्ट स्टोरमा दैनिक उपभोग्य सम्पूर्ण घरायसी समाग्री सर्वसुलभ मुल्यमा पाईने व्यवस्था गरिएको साथै रेष्टुरेन्टमा उपलब्ध हुने सम्पूर्ण प्रकारका स्वास्थ्यबर्धक खानेकुरा एकै भवनमा पाईने सुविधा रहेको संचालक गोपाल याक्खाले बताए ।
उनले करिव २२ जानालाई रोजगारी प्रदान गरेर स्थानीयको माग र चाहाना अनुरुप स्वदेशमै केही राम्रो काम गर्ने सोचले डिपार्टमेन्ट स्टोर तथा सिर्जना क्याफे एकै भवनमा आधुनिक तथा आकर्षक रुपले ग्राहकहरुको सेवा सुविधाको लागि संचालन गरिएको जानकारी दिए ।
सिर्जना क्याफेमा रुफ टप गार्डेन तथा मिटिङ हलको समेत व्यवस्था गरिएको छ । क्याफेमा एसी , फ्रि वाइफाइको सुविधा सहित हाइवे क्षेत्रलाई व्यवस्थित गर्दै मानिसहरुको कार्य व्यवस्थालाई बुझेर सम्पुर्ण प्रकारका आइटम एकै भवनमा बिक्री वितरण गर्ने योजना अघि बढाइएको संचालनको भनाइ छ।
उत्त डिपार्टमेन्ट स्टोर तथा क्याफेमा पार्किङको समेत राम्रो सुविधा रहेको छ । रेष्टुरेन्टमा नेपाली , थकाली , इन्डियन आइटमलाई विशेष जोड दिदै मानव शारिरलाई आवश्यक पर्ने अर्गानिक चिया , कफि पारिवारिक वातावरणमा मज्जाले बसेर खान पाहिने व्यवस्था रहेको उत्त डिपार्टमेन्ट स्टोर तथा क्याफेका सल्लाहकार साथै डिजाइनर गोपाल राईले बताए ।
उनले क्याफेमा पाटी, वड्डडे, मिटिङहलको समेत राम्रो सुविधा रहेको उल्लेख गर्दै सुन्दरहरैंचा नगर क्षेत्रमा पहिलो पटक डिपार्टमेन्ट स्टोर तथा क्याफे एकसाथ आकर्षक रुपमा संचालन गरिएको जानकारी दिए ।
क्याफेमा सुन्दरहरैंचा आसपासको मनोरम दुश्य अवलोकन गर्दै आनन्द पूर्वक बसेर खान पाहिने व्यवस्था गरिएको छ । तिनतल्लाको भवनमा संचालनमा आएको डिपार्टमेन्ट स्टोरको पहिलो तल्लामा डिपार्टमेन्ट रहेको छ भने दोस्रो र तेस्रो तल्लामा क्याफे संचालन गरिएको छ । उत्त क्याफे तथा रेष्टुरेन्टमा पुस्तक पढेर ज्ञान आर्जन गर्न चाहाने पुस्तक पारखीहरुको लागि विभिन्न प्रकारका पुस्तकहरु समेत समावेस गरिएको छ ।
डिपार्टमेन्ट स्टोर तथा क्याफेमा ग्राहकहरुको सुविधाको लागि चटपटे , पानीपुरी , फलफुल तथा सागसब्जी लगायतको आइटम समेत बिक्रीका लागि थप गरिएको छ ।