सन्तोष न्यौपाने नायक बन्दा शिरिजङ्गा अघिल्लो चरण प्रवेश

पथरी ।
योङ ब्रदर्स शिरिजङा फुटबल क्लबका स्टाईकर सन्तोष न्यौपाने नायक बन्दा शिरिजङ्गाले बिहिवार भएको अन्तिम क्वाटर साईनल खेल ७-० ले जितेको छ ।
सन्तोष न्यौपानेको व्यक्तिगत ५ गोल सहित ७-० को फराकिलो गोलन्तरले सिरिजङ्गाले आयोजक वाईएफसी (बि) लाई स्तब्ध बनाएको हो। बिहिवारको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन्तोषले व्यक्तिगत पाँच गोल गरेका हुन। प्रतियोगिताको १८ औँ मिनेटबाट गोलको खाता खोलेका सन्तोषले खेलको ३३ औँ, ४९ औँ,६५ औँ र ६९ औँ मिनेटमा गोल गर्दै टिमलाई शानदार जित दिलाएका छन।
सन्तोषले पहिलो गोल प्रताप चेम्जोङको पासमा गरेका थिए ।
टिमका लागि दोश्रो गोल भने सिरिजङ्गाका दिल कुमार याक्सोले खेलको २१ औँ मिनेटमा गरे। उनले आयोजक वाईएफसीका गोल रक्षक सुबास तामाङ्गलाई विट गर्दै गोल गरेका हुन। सिरिजङ्गाका लागि तेश्रो र चौथो गोल सन्तोषले गरे भने पाचौँ गोल सनम धिमालले गरे। सन्तोष न्यौपानेले खेलको ६५ औँ र ६९ औँ मिनेटमा समेत थप २ गोल गर्दै व्यक्तिगत ५ गोल सहित ७(० को फराकिलो गोलान्तरले टिमलाई सम्मानजनक जित दिलाए।
खेलको २४ औँ मिनेटमा आयोजक टोलिले पाएको पेनाल्टी प्रहारको समेत सदुपयोग गर्न नसक्दा आयोजक वाईएफसीले गोलको खातासम्म खोल्न सकेन। आयोजक टिमका कृष्ण राईले गरेको पेनाल्टी प्रहारमा सिरिजङ्गाका गोलरक्षक विशाल दर्लामी मगर बाधक बनेपछी आयोजकले गोल गर्न सकेन ।
आजको खेलको मेन अफ द म्याच बिजेता टोलिका लागि ५ गोल गरेका सन्तोष न्यौपाने घोषित हुँदै २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे।
प्रतियोगितामा भोलि क्वाटरफाइनल अन्तर्गतको पहिलो खेल टेन नवोदय फुटबल क्लब पथरीशनिश्चरे र धरान सिटि एकेडेमी, धरान बिच हुनेछ। आयोजक वाईएफसी ९ए० ले सेमिफाईनलमा स्थान पक्का गरिसकेको छ भने भोलीको खेलको बिजेतासँग सेमिफाइनलमा भेट गर्नेछ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ। प्रतियोगीता संचालनका लागी सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।
प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन ।




Leave a Reply

Your email address will not be published.