कम्युनिष्ट परित्याग गरी २९ जना उर्लाबारी-२ मा काग्रेस प्रवेश


उर्लाबारी ।
मोरङको उर्लाबारी २ मा कम्युष्टि परित्याग गरी २९ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
उर्लाबारी २ का वडा अध्यक्ष राजन कुमार कडेलको नेतृत्वमा युवा सघ नेपाल पूर्व नगर कमिटी नारायण बोहोरा, युवा सघ पूर्व नगर सदस्य सुजित सिह राजपुत, पूर्व माओवादी सेनाका सदस्य नवराज खत्री सहित कम्युनिष्ट पार्टी परित्याग गरी अन्य २६ जना काग्रेसमा प्रवेश गरेका हुन ।

कम्युनिष्ट सरकारको सर्वसत्तावाद विरुद्धको विरोध प्रर्दशनको कार्यक्रम आयोजना गरेको वडा कार्यसमितिको विहिबारको उर्लावारी सालवारीमा तय भएको कार्यक्रममा उनिहरु पार्टी प्रवेश गरेका हुन ।
विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधी सभा बिघटन विरुद्ध नेपाली कांग्रेस उर्लाबारीले नगरका सवै वडामा बिरोध सभा संम्पन्न गरेको छ ।
पार्टीको वडा नं.-२ वडा समितिको आयोजनामा स्थानिय सालबारी चौकमा आयोजित बिरोध सभाका प्रमुख अथिती नेपाली काग्रे क्षेत्रिय सभापति तथा नगर प्रमुख खड्ग बहादुर फागोले नेपाली कांग्रेसको नेतृत्वमा मात्र स्थायीत्व र देश बिकास हुने बताउँदै आउदा दिनमा जनमुखी बनेर कार्य गर्ने पार्टी र प्रतिनिधीलाई मात्र निर्वाचित गराउन आग्रह गरेका छन ।
यस्तै बिहीबार भएको कार्यक्रममा वडा नम्वर-२ का वडा अध्यक्ष राजन कुमार कडेलले पनि प्रधानमन्त्री ओलीले चालेको असम्बैधानीक कदमले फेरी एकपटक देश भडखालोमा पर्ने खतरा रहेको बताउदै सवै प्रजातन्त्रवादी शक्ति एक जुट हुनु पर्ने अवस्था आएको सुझाए ।
कार्यक्रमका अन्य दर्जनौ वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा बिघटन गरी संवैधानीक कू गरेको आरोप लगाउदैँ संसद पूर्नस्थापना हुनु पर्ने बताएका छन




Leave a Reply

Your email address will not be published.