सुन्दरहरैचामा हातीको आक्रमणबाट एक महिलाको मृत्‍यु

सुन्दरहरैचा । सुन्दरहरैचामा जंगली हातीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका वडा नं १० कि ३२ वर्षिय सिता पराजुलीको मृत्‍यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले जानकारी दिए ।

पराजुलीलाई मंगलबार बिहान जंगली हातीले आक्रमण गरेको थियो । गम्भीर घाइते भएकी पराजुलीलाई विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुन्दरहरैचा १० स्थित सुकुना सामुदायिक बनमा घाँस काट्न गएको अवस्थामा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।