सुनवर्सिमा मेरिलेण्ड कलेजको बस पल्टिँदा ५ बिधार्थि घाइते

सुनवर्सी । मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथान मा स्कुल बस दुर्घटना हुदा ५ जना घाइते भएका छन ।

बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै बिहानै ६ बजे डाइनिया बाट रंगेली तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिलेण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित बस पल्टिँदा बसमा सवार रतुवामाई ३ बस्ने वर्ष १७ की रेजिना घिमिरे, वर्ष १६ को शर्दा भट्टराई, वर्ष १६ मनिषा राजवंशी, वर्ष १६ को निसा ताजपुरिया र वर्ष १६ को बिसाल कुमार मण्डल घाइते भएका छन ।

घाइतेहरु लाई मकालु अस्पताल विराटनगर तर्फ उपचारको लागी पठाएको प्रहरीले जनाएको छ ।

बस चालक रतुवामाई नपा ६ बस्ने वर्ष ३१ को धर्मेन्द्र बर्मा ईलाका प्रहरी कार्यलय रंगेली काे नियन्त्रणमा रहेको अनमाेल खड्काले बताए ।

यता मेरिल्याण्डका निर्देशक भेषराज पोखरेल अनुसार ३ जना विद्यार्थी सामान्य घाइते रहेकाेे बताए ।