मोरङ काँग्रेसले १७ वटै पालिकामा जिल्ला प्रतिनिधि टुंगो लगायो

मोरङ ।
नेपाली कांग्रेसले माघ ३ गते सरकाविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई तिव्र बनाएको छ । नेपाली काङ्रेसले प्रधानमन्त्रि केपि शर्मा ओलिको अधिनायकबाद तथा सरकारले गरेको संसद बिगठन विरुद्द शनिबार देश भरका सबै ७ सय ५३ स्थानीय तहमा एकै साथ विरोध पर्दशन गर्न लागेको हो ।

नेपाली काङ्रेस मोरङ जिल्ला समितिले केन्द्रको निर्देशन अनुसार सरकार विरुद्ध हुन गइरहेको तेस्रो चरणको देशव्यापी विरोध प्रदर्शनको रूपरेखा तय गरी सकेको छ ।
काङ्रेसले मोरङको ६ वटा निर्वाचन क्षेत्रका १७ वटै स्थानीय तहहरुमा आयोजना हुने विरोध कार्यक्रमको लागि विरोध सभालाई सम्बोधन गर्न जिल्ला प्रतिनिधिहरु समेतको टुङ्गो लगाईसकेको नेपाली काङ्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरेले बताए ।
घिमिरेका अनुसार विरोध सभामा सम्बोधन गर्न मोरङका विभिन्न स्थानीय तहमा हुने विरोध सभाको लागि २१ जना वक्ताको टुङ्गो लगाईसकेको छ ।

लेटाङ नगरपालिका ४ जनसेवा सामुदायिक बनको सभाहलमा हुने बिरोध सभामा जिल्ला सभापति डिक बहादुर लिम्बु, गा्रमथान गाउपालिका ५ तेतरीयामा जिल्ला उपसभापति भक्ति माझि र सहसचिव प्रदिप विश्वास, बिराटनगर महानगरपालिका सनसारीमाईस्थानमा जिल्ला सचिव नागेस कोइराला, रंगेली नगरपालिकाको वडा नं ४ आमतोलामा हुने बिरोध सभामा प्रमुख अतिथि केन्द्रिय सदस्य शेखर कोइराला र जिल्ला प्रतिनिधि गोपालराज भण्डारी, सुन्दरहरैचा नगरपालिका ५ बासबारीमा महासमिति सदस्य तथा प्रदेश १ सांसद शेखरचन्द्र थापा, बेलबारी नगरपालिका वडा नं ७ बाहुनी बजारमा जिल्ला सदस्य सुबोध निरौला, रतुवामाई ४ झुर्किया बजारमा पुर्व जिल्ला सचिव यदुकुमार बिष्ट, सुनबर्षी ४ सुरथ चौकमा पुर्व जिल्ला सचिव मदन संगा्रैला, उर्लाबारी ७ बरगाछी चौकमा जिल्ला सदस्य तथा प्रदेेेश सांसद सुयर्माराज राई, पथरी सनिस्चरे नगरपािलका १ पथरी चौकमा केन्द्रिय सदस्य प्रदिप पौडेल र जिल्ला प्रतिनिधि महानिधिवेसन प्रतिनिधि सोभाचेम्जुङ पालुंवा, जहदाको लखन्तरीमा जिल्ला सदस्य राजु मास्के, कटहरी गाउपालिका ३ कटारी चौकमा महासमिति सदस्य विश्वनाथ रिजाल, मिक्लाजुङ ७ मधुमल्ला चौकमा जिल्ला सदस्य राम प्रसाद पोख्रेल, केराबारी ५ यांिसलामा महासमिति सदस्य ललित अधिकारी र महिलासंघ केन्द्रिय सदस्य सिता कार्की, कानेपोखरी ६ रमाइलो बजारमा महासमिति सदस्य महेन्द्र सुवेदी, बुढिगंगा ३ बाँसबारीमा महासमिति सदस्यद्वय सत्यनारायण भगत र भुपनारायण चौधरी, धनपालथान ६ कदमाहा चौकमा जिल्ला सदस्य सुबोद कुमार सिंहले सम्बोधन गर्ने तय भएको घिमिरेले बताए ।
अधिकांश स्थानमा दिउसो १२ बजे बिरोधसभाको आयोजना गरिने घिमिरेले बताए ।