दुधे सामु निरीह बन्यो पथरी, ३ गोलले दुधे बिजयी

पथरी ।
मोरङको पथरिशस्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफुजी च्यालेन्ज कपको पहिलो खेलमा पथरी दुधे फुटबल सग निरीह बन्दै प्रतियोगिता बाट बाहिरीएको छ ।
प्रतियोगिताको ७ औ मिनेटमा दुधेका लागि श्याम मुर्मुको फ्री किकको मद्दतमा सनम राईले गोलको खाता खोलेका थिए ।
यस्तै खेलको १४ औ मिनेटमा सनमले नै प्रहार गरेको गोल पथरिका गोल किपर मनोज दाहालले पन्च गर्दै बचाउ गरे भने २३ औ मिनेटमा दुधेका खेलाडी अभिषेक गुरुङलाई फल गरे पछि पाएको पेनाल्टीको सदुपयोग गर्दै सनमले थप गोल गरि टिमलाई २-० को अन्तरमा पुर्‍याए ।
त्यसको ८ मिनेट बित्न नपाउदै दुधेले थप १ गोल गर्दै ३-० को अन्तर कायम गर्‍यो ।
दुधेका लागि तेस्रो गोल खेलको ३१ औ मिनेटमा गोल पोस्ट भन्दा लगभग ३० यार्ड टाडा बाट पाएको फ्री किकलाई सदुपयोग गर्दै दुधेका श्याम मुर्मुले जाली चुमाएका थिए ।
निर्धारित ६० मिनेटको खेलमा अधिकाश समय बल दुधे फुटबल क्लब झापाको नियन्त्रणमा रहेको थियो ।
दुधे सग पथरी शनिस्चरेले आफ्नो घरेलु मैदानमा उल्लेख्य खेल प्रदर्शन गर्न सकेन ।
पथरिका लागि खेलको ५७ औ मिनेटमा बैकल्पिक खेलाडिको रूपमा मैदान प्रवेश गरेका सन्तोष गुरुङले सान्त्वना गोल फर्काएका थिए ।
आजको उद्घाटन खेलको मेन अफ द म्याच, बिजेता टोलिका २ गोलकर्ता सनम राई घोषित हुँदै नगद २५ सय रुपैयाँ हात पारे। म्यान अफ दि म्याचको पुरस्कार अन्नपूर्ण बोर्डिङ स्कुल पथरिले प्रदान गरेको हो ।
प्रतियोगिता अन्तर्गत भोली शनिबार दोश्रो दिनको खेल 10 नवोदय फुटबल क्लब पथरी शनिश्चरे र उर्लाबारी फुटबल क्लब बिच हुनेछ। टेन नवोदय फुटबल क्लब, भर्खरै पथरीमा सम्पन्न पथरी शनिश्चरे प्रिमियर लिगको बिजेता टोलि हो। प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलिले ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ। मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टर (YFC) को मुख्य आयोजनामा जारी प्रतियोगितामा विभिन्न १४ वटा टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगीतामा दुधे फुटबल क्लब झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक YFC को २ वटा टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगीताको आयोजनाका लागी तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर (ILC), अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबकाे सहयोग रहेको प्रतियोगीता संयोजक करन राईले बताउनु भयो। प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन।