सांसद भवन सुगुरको खोर हो : मोहन वैध

सुन्दरहरैचा । नेकपा क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैधले सांसद भवन सुगुरको खोर भएको बताएका छन । उनले विप्लव सग सहकार्य गरेर जान सकिने बताएका छन ।

शुक्रबार मोरङको लक्ष्मीमार्गमा आयोजित पत्रकार सम्मेलनमा उनले विप्लव सग सहकार्य गरेर आन्दोलनका कार्यहरु अगाडि बढाउन सकिने बताएका हुन । पत्रकार सम्मेलनमा अध्यक्ष वैध भन्छन विप्लव सग हाम्रो केही राजनीतिक मुद्दा फरक छन त्यसलाई हल गरेर समस्याको समाधान खोजेर अगाडि बढिने छ ।

उनले ओलीको निरकुंश सता व्यवस्थाको विरुद्द सबै राजनितिक दलहरु एक भई आन्दोलनको कार्यहरु अगाडि बढाउनु पर्ने बताएका छन । ओलीको निरकुंश सता व्यवस्थाका कारण देश नै संकटमा परेको भन्दै जनताको लागि अब नया तरिकाबाट अन्दोलन गरिनु पर्ने उनको धारणा थियो ।

उनले अहिलेको नेकपाको राजनिती राजनितिक विचार भन्दा पनि सता र पदका लागि भएको भन्दै यस्तो व्यवस्थाले देशमा संकटकाल घोषणा हुन सक्ने बताए ।

उनले विप्लब माथी प्रतिबन्ध लगाउनु ओलीमा सताको मात चढेको बताएका थिए । उनले ओली,प्रचण्ड-माधव कम्युनिष्ट नभएको समेत बताएका थिए । १० वर्षे संसदिय व्यवस्था विरुद्दको जन आन्दोलन गरेर सफलता मिले पनि पुन प्रचण्ड सांसदिय व्यवस्थामा नै गएको कारण पार्टी फुटेको जिकिर गरेका थिए ।