सुकुनाले जित्यो टोल स्तरिय फुटबल

सुन्दरहरैचा ।
मोरङको सुन्दरहरैचा १२ मा सम्पन्न टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि सुकुना टोलले हात पारेको छ । सोमबार भएको फाइनलमा सिद्धेश्वर टोललाई ट्राइबेकरमा पराजित गर्दै सुकुनाले उपाधि हात पारेको हो ।

शुक्रबारे खेलमैदानमा सम्पन्न निर्धारित समयको खेलमा दुवै टोलिले १–१ गोलको बराबरी खेलेका थिए । ट्राइबेकरमा सुकुनाले २ गोल गर्दा सिद्धेश्वरले गोल गर्न सकेन ।

प्रतियोगिताको बिजेता बनेको सुकुनाले नगद १० हजार र उपबिजेता बनेको सिद्धेश्वरले ५ हजार प्राप्त गरेका छन । उत्कृष्ट गोलकिपर खोर्साने टोलका सागर तामाङ, उत्कृष्ट डिफेन्डर शुक्रबारे प्रणाम टोलका किरण बुडाथोकी र उत्कृष्ट खेलाडी सुकुना टोलका उमेश उराव छनौट हुदै प्रत्तेकले नगद १ हजार १ सय प्राप्त गरे ।
वडाअध्यक्ष रोषन ढकाल, वडा सदस्य गणेश फुयाल, वडासचिव तीर्थ कुमार सुवेदी, खेल संयोजक दिलिप दाहाल लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रमको सन्चालन स्थानीय शिक्षक हिमाल अधिकारीले गरेका थिए ।
सुन्दरहरैचा वडा नं १२ ले आयोजना गरेको प्रतियोगितामा ५ टोलले सहभागिता जनाएका थिए ।