मट्का चियामा भबिस्य खोज्दै बेलबारीका चार युवा

झट्ट सुन्ने बित्तिकै नेपाली जनजिब्रोमा सजिलै झुण्डिने जस्तो लाग्छ “मट्का“।यही मट्का अर्थात माटो लाई बिशिष्ट पहिचान बनाउदै कार्तिक २६ गते एउटा फरक बिशेषताका साथ मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका वडा न-३ को नापी कार्यालय अगाडि एउटा होटल खुल्यो मट्का चिया एण्ड थकाली किचन।मट्का र थकाली दुबै नेपाली पहिचान र बिशेषता बोकेका कर्णप्रिय शब्दहरु हुन,यही फरक पनमा आफ्नो सुनौलो भबिस्य खोज्न लागिपरेकाछन अहिले बेलबारीका ४ युवा भुवन कार्की,ॐ गौतम,मदन भण्डारी र भक्त पोख्रेल।२८ लाखको लगानिमा सुरु गरिएको वहाँहरुको होटल ब्यवसाय अरुको भन्दा बिल्कुल फरक छ। आम होटलहरुमा चिया चाइनिज सेरामिक्स कप/सिसाको गिलास/स्टिलको गिलास तथा मानब श्वास्थ्यलाई नै गम्भिर असार पार्न सक्ने प्लास्टिकको गिलास समेतमा खुवाउने गरिएको पाईन्छ। तर मट्का चियामा भने कुमालेले चर्खाको सहायताले हातले बनाइएका माटोका आकर्षक गिलासमा चिया खुवाइन्छ।
२१ औ शताब्दिमा माटोबाट बनेका सामनको प्रयोग अत्यन्तै कम भाईरहेको समयमा मट्का चिया एण्ड थकाली किचनमा भने माटो कै भाडोमा पकाइएको खसिको मासु “मट्का मिट” समेत माटोकै प्लेटमा खुवाइन्छ। यही बिशीष्ट पहिचानका कारण आज भोली मट्का चियाको लोकप्रियता दिनानुदिन बढ्दो क्रममा छ्।मानब श्वास्थ्य र सन्तुष्टीलाई उच्च प्राथमिकतामा राखेर खोलिएको उक्त होटल मुल्यका हिसाबले आम होटलहरुको तुलनामा निक्कै सस्तो पनि छ। ४० रुपैयामा मट्का चिया,रु ३०० प्रती प्लेट मट्का मिट(प्रती केजी १९०० रुपैया) र २५० रुपैयामा थकाली खाना खुवाइरहेको उक्त होटल बेलबारी क्षेत्रकै सस्तो,गुणस्तरीय तथा सर्बसुलब रहेको कुरा मट्का चियाका सेवाग्राही मध्यका एक सुन्दरहरैचा निवासी सुलप खतिवडाले बथाउनुभयो।
मट्का चिया,मट्का मिट,थकाली खाना,बिर्यानी,फास्टफुड,केक,आइस्क्रिम कफी लगायत बिभिन्न परिकार पस्किरहेको उक्त होटल बालबालिका,युवायुबती,जेष्ठ नागरिक लगायत सबैखाले उमेर समुहका सेवाग्राहिको पहिलो रोजाइको गन्तब्य बनिरहेको कुरा उक्त होटलका म्यानेजर भक्त पोख्रेलले बताउनुभयो।सस्तो पनि गुणस्तरीय पनि भन्ने मुख्य नारा सम्हालेको उक्त होटल व्यबहारीक रुपमै उत्रीएको आभाष पनि हुन्छ। आकर्षक साज-सज्जा,शान्त तथा पारीवारीक बातावरण,अत्याधुनिक सेवा प्रबाह,सेवाग्राही मैत्री व्यबहार अनी स्वच्छ,स्वादिष्ट तथा स्वास्थ्यबर्धक पारीकार उक्त होटलको पर्यायवाची नाम नै बनेकोछ।
मट्काको पछिल्लो व्यापारको ग्राफ ह्वात्तै बढेको छ । दैनिक १00 देखी १५० कप मट्का चिया बेच्दै आएको उक्त होटलमा मट्का चिया र मट्का मिट चाख्नकै लागि टाढा-टाढा देखी समेत सेवाग्राही आउनेगरेका छन।बेलबारीमै पहिलो पटक मट्का चिया तथा मट्का मिट बिक्री गर्न सुरु गरेको उक्त होटल दिनानुदिन लोकप्रीय बनिरहेको कुरा प्रेश युनियन मोरङ्ग तथा रेडियो बेतनाका अध्यक्ष भोजराज बस्नेतले बताउनु भयो।
के हो मट्का चिया?
मट्कामा चियामा बाक्लो दुध,इलामको स्पेशल चिया र मसला मिसाइएको हुन्छ । मट्का चियाको विशेषता यो माटोको गिलासमा पस्केर दिइन्छ । माटोको भाँडाले चियामा भएको पानी सोस्छ । अनि चिया झन् स्पेशल हुन्छ । चिया खाँदा माटोको मौलिक स्वाद चाख्न पाइन्छ ।चिया अरु चिया भन्दा स्वास्थ्यकर र स्वादिलो पनि हुन्छ।
माटोको भाँडा खर्चिलो र अरु चियाको तुलनामा फरक हुने भएकाले तुलनात्मक रुपमा मट्का चिया अरु चिया भन्दा महँगो हुने कुरा यसका संचालक मध्यका एक ॐ गौतमले बताउनुभयो।चिया पिउँदा माटोको मौलिक स्वाद चाख्न पाइने गौतमको भनाई छ।तराई वा भारतको फुटपाथदेखि ट्रेनसम्म मट्का चिया चाख्न पल्केकाहरु मट्का चियाको नियमित ग्राहाक रहेको कुरा अर्का संचालक मदन भण्डारीले बताउनु भयो।
मट्काको व्यापार दिनानुदिन बढ्दो रहेको र भबिस्यमा राम्रो गर्न सक्ने कुरामा आफुहरु आशाबादी रहेको कुरा अर्का संचालक भुवन कार्कीले बताउनु भयो।वहाँ थप्नुहुन्छ ८ जनालाई रोजगारी दिएका छौं,मट्का चियाले बेच्ने लोगो अन्कित बोतलको पानीमा लगाइएको लेबलमा बेलबारीका मुख्य पर्यटकिय क्षेत्रहरु उल्लेख गरेर आन्तरिक पर्यटन प्रबर्धनमा पहल गरिरहेकाछौ,सानै सन्ख्यामा भएपनी रोजगारी सिर्जनामा भूमिका निर्बाह गरेकाछौ,संकटमा रहेको कुमालेको माटोको भाडा बनाउने ब्यवसाय पुनर्जागरणमा लागि परेका छौ,प्लस्टिकका गिलास तथा अन्य सामनको प्रयोगको सट्टा माटोका गिलास तथा प्लेट प्रयोग गरेर बातावरणिय प्रदुषण काम गर्न जनचेतना फैलाउने प्रयास गरिरहेका छौ,समग्रमा भन्ने हो भने अलिक प्रिथक ढङ्ग बाट नगरलाई सहयोग गरिरहेका छौ।यसका साथसाथै हामीले भुल्ने मौका समेत पाएका छौं। यही ठूलो कुरा हो।
को को हुन संचालकहरु?
मट्का चिया BOMB समुह मध्यका भुवन कार्की बिगत १५ बर्ष देखी शिक्षण पेशामा आवद्ध हुनुहुन्छ।शिक्षणका साथसाथै वहाँ बेलाबारीमा रहेको एकमात्र सामुदायिक रेडियो,रेडियो बेतनाका कार्यक्रम प्रस्तोता,निरन्तर मिडिया ग्रुप प्रा.ली द्वारा सन्चालित निरन्तर खबरका प्रमुख सल्लाहकार तथा बेलबारी जेसिज बर्ष २०२० का महासचिब हुनुहुन्छ।त्यसै गरी अर्का संचालक ॐ गौतम गुरुकुल पाठशाला बेलाबारीका संचालक तथा उक्त बिद्यालयमा कार्यरत शिक्षक समेत हुनुहुन्छ।अर्का सन्चालत मदन भण्डारी पनि शिक्षन पेशामानै आबद्ध हुनुहुन्छ।त्यसैगरी होटलका म्यानेजर समेत रहनुभएका अर्का संचालक भक्त पोख्रेल बिगत २१ बर्ष देखी होटल क्षेत्रमा आबद्ध हुनुहुन्छ।काठ्माण्डौको ठमेल,दरबार मार्ग हुँदै दुबइको ५ तारे होटलको समेत अनुभब सँगल्नुभएका वहाँ एक अनुभबी ब्यती रहनुभएकोछ।