सुन्दरहरैचामा प्रचण्ड-माधवका लागि भैसी पुजा

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा सोमबर भैंसी पुजा गरिएको छ । नेकपा विवाद दुई पक्षमा उघ्र बन्दै गएपछी ओली पक्षा र प्रचण्ड-माधव पक्षले एक अर्कामा आरोप प्रत्यारोप गर्दै आईरहेका छन ।

त्यस्तै सोमबार विहान मोरङका स्वतन्त्र युवाहरुले सुन्दरहरैचा नगरपालिकामा प्रचण्ड-माधव पक्षको विरोध गर्दै भैंसी पुजा गरेका छन । गोविन्द गौतमको नेतृत्वमा स्वतन्त्र युवाहरुले प्रचण्ड र माधव नेपालको सद्बुद्धि अाअोस् भनेर सुन्दरहरैचा वडा नं. ५ मा अाज भैसी पुजा गरेका हुन ।

आफू प्रधानमन्त्री हुदा प्रचण्डले लक्ष्मी पुजाको दिन भैसीको पुजा गरेका थिए । सोही कार्यलाई व्यङ्ग्य गर्दै युवाहरुले भैंसी पुजा गरेका हुन ।

गौतमका अनुसार लक्ष्मी पुजा सरस्वती पुजाको सट्टा भैसी पुजनले मात्र प्रचण्ड-माधवको सदबुद्दी आउने विश्वासमा भैसीको पुजा गरिएको हो ।

देशलाई अस्थिरता तर्फ लैजान प्रचण्ड-माधव समुहले प्रधानमन्त्री ओलीलाई विवादमा पारेर सरकार ढाल्न उक्साएको गौतमले आरोप लगाए । ओली जनतामा जान चाएको कारण ओलीको कदमलाई स्वागत गर्न प्रचण्ड-माधव समुहको उक्त कार्यको विरोध गर्न भैंसी पुजाको आयोजना गरेको समेत गौतमले बताए ।