माघ ३ देखी प्रथम मंगलबारे-शुक्रबारे नकआउट फुटबल हुने


पथरी,
मोरङको पथरी शनिश्चरे ८ स्थित समाल डाँडा खेल मैदानमा आगामी माघ ३ बाट मंगलबारे-शुक्रबारे नकआउट फुटबल आयोजना हुने भएको छ ।
सो बारे शनिबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।


क्लबका अध्यक्ष कमल लावतीका अनुसार प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पाउनेछन् । यस्तै उप विजेताले २५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।


प्रतियोगितालाई पथरी शनिश्चरे नगरपालिका वार्ड नं. ८ ले प्रथम पुरस्कार सौजन्य गरेको छ ।
यस्तै सोही वडाबाट निर्वाचित जनप्रतिनिधिहरूले दोस्रो पुरस्कार र खेल सामग्री वापत ३० हजार रुपैयाँ उपलब्ध गराउने आयोजकले जनाएको छ ।
पथरी शनिश्चरे ८ बाट बैदेशिक रोजगारमा गएका युवाहरूको आर्थिक सहयोग नै प्रतियोगिताको मुख्य स्रोत रहेको सचिव अनील लिम्बूले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।