राराले जित्यो संजोग स्मृति फुटबलको उपाधि

बेलबारी ।
धनकुटाको रारा फुटबल क्लबले टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सताक्षीधाम स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै राराले उपाधि जितेको हो ।
मोरङ बेलबारीमा शनिबार भएको फाइनलमा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा राराले बाजी मारेको थियो ।
विजेता टोलीले उपाधिसहित ५१ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।