जिल्ला बचत तथा ऋण सहकारी मोरङको साधारणसभा सम्पन्न

बेलबारी ।
जिल्ला बचत तथा ऋण सहकारी मोरङको २७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बेलबारी ३ मा अवस्थित संस्थाको सभाहलमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा सचिव एकराज निरौलाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष जीवन बस्नेतले आर्थिक प्रतिवेदन र लेखा संयोजक विष्णु प्रसाद ओझाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्व संचालक, सहकारी ब्यक्तित्व, उत्कृष्ठ संस्था, उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्किृत गरिएको ब्यबस्थापक केदार दुलालले जानकारी दिए ।