हरियाली सामुदायिक वन पब्लिक लिमिटेडमा अशोक साम्पाङको नेतृत्व

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन पब्लिक लिमिटेडको पहिलो साधारण सभाबाट अशोक साम्पाङ राईको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।

शनिबार भएको साधारण सभामा अध्यक्षमा अशोक साम्पाङ राई, सचिव रोहित बास्तोला, सदस्यहरुमा रिता गिरी, चन्द्रकला गुरुङ, नवीन तुम्बापो, गणेश कुमार बाछ्ना र प्रलाद चौहान सार्वजनिक गरिएको हो । कम्पनीमा हरियाली समुदायिक वन उपभोक्ता समितिको बैठकले अध्यक्षसहित छ जना पठाउने, नगरपालिका र अन्य क्षेत्रबाट तीन जना ल्याउने विधानमा ब्यबस्था रहेको छ ।

पथरीशनिश्चरे नगर स्थिति हरियाली सामुदायिक वन समूहमा पर्यटन क्षेत्रको बिकास गर्ने उदेश्यले पब्लिक कम्पनी सुरु भएको हो । वनकै उपभोक्ताहरुको आर्थिक बिकास हुने उदेश्यले कम्पनी स्थापना भएको हो ।

पर्यटन क्षेत्र बिकासको लागि २० करोडको शेयर आव्हान भएको थियो । जस मध्ये पहिलो किस्तामा ८२६ जना शेयर सदस्यहरुबाट एक करोड जम्मा भइसकेको छ ।

कम्पनीको पहिलो साधारण सभालाई पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारी, हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगर लगायतले शुभकामना दिएका थिए । कम्पनीको संस्थापक अध्यक्ष देविप्रसाद भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन छलफलपछि पास भएको थियो ।