गाउँबेँसीका फूलहरु २ सार्वजनिक

बेलबारी
स्रस्टा समाज बेलबारिले गाउबेसिका फुलहरु २ सार्वजनिक गरेको छ । प्रधान सम्पादक हर्कमान तामाङ कार्यकारि सम्पादक अमृत आचार्यद्वारा सम्पादित उक्त पुस्तकको शनिबार बेलबारी नगरपालिकाको सभाहलमा सार्वजनिक गरिएको हो ।

बेबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा. रमेश घिमिरेले पुस्तकको टिप्पणी तथा ब्याख्या गरेका थिए । पुस्तकमा ८७ वटा लेखहरु समेटिएको छ । कार्यक्रममा छन्द कवि सिसा चौधरीलाई सम्मान गरिएको थियो ।