लर्डबुद्धको स्थापना दिवसमा रक्तदान ५३ पिन्ट रगत संकलन

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


पथरी । पथरी शनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १८ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
शनिबार संस्थाको कार्यालय अगाडि ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको ब्याबस्थापक गणेश कुमार राईले बताए ।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको हो ।
लर्डबुद्धले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको कार्यक्रमका संयोजक दोर्ण खड्काले जानकारी दिए ।