जदेकुबुर प्रतिष्ठानद्वारा बेलबारीमा बिद्यार्थी, शिक्षक, जेष्ठ नागरिक सम्मानित

बेलबारी । जदेकुबुर प्रतिष्ठान काठमाण्डौले मोरङ बेलबारी २ मा बिद्यार्थी, शिक्षक र जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले बिद्यार्थी, शिक्षक र जेष्ठ नागरिक सहित ५ जनालाई सम्मान गरेको हो ।

सिंहदेवी आधारभुत बिध्यालय बेलबारी २ मा अध्ययनरत अपांगता भएका विद्यार्थी बिबेक धिमाल, प्रथम हुने छात्रा निमा तामाङ र प्रथम हुने छात्र नवराज न्यौपानेलाई जनही प्रमाणपत्र र २ हजार ५ सय रुपैयाँ नगदले सम्मान गरिएको प्रतिष्ठानका सदस्य सियोम सुबेदीले जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ठ शिक्षक कमला बस्नेत र जेष्ठ नागरिक ८० बर्षिय मनमाया राना मगरलाई पनि प्रमाणपत्र र २ हजार ५ सय रुपैयाँ नगदले सम्मान गरिएको छ ।
उक्त बिध्यालयमा सन्चालक समिति, शिक्षक, कर्मचारी समेत सबै महिला भएकोले कार्यक्रममा प्रमुख अतिथि, सन्चालक समेत महिलाहरु नै थिए । बेलबारी नगर कार्यपालिका सदस्य खिनामाया थापा प्रमुख अतिथि रहेको कार्यक्रममा कलाकारिता क्षेत्रमा योगदान पुर्याउने बेलबारीका गायक सनम खतिवडालाई पनि सम्मान गरिएको थियो ।