मोरङको ६ निर्वाचन क्षेत्रमा काङ्रेसको विरोध सभा: को नेता कहाँ बोल्ने ?

नेपाली कांग्रेसले पौष २५ गते सरकाविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई तिव्र बनाएको छ । नेपाली काङ्रेसले सरकार विरुद्द देश भरका सबै निर्वाचन क्षेत्रमा एकै साथ विरिध पर्दशन गर्न लागेको हो ।
नेपाली काङ्रेस मोरङ जिल्ला कमिटिले केन्द्रको निर्देशन अनुसार सरकार विरुद्ध हुन गइरहेको देशव्यापी विरोध प्रदर्शनको रूपरेखा तय गरी सकेको छ । काङ्रेसले मोरङको ६ वटा निर्वाचन क्षेत्र र १२ वटा प्रदेश सभा क्षेत्रमा आयोजना हुने विरोध कार्यक्रमको लागि विरोध सभालाई सम्बोधन गर्न वक्ता हरु समेतको टुङ्गो लगाईसकेको नेपाली काङ्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरेले बताए ।

घिमिरेका अनुसार पौष २५ गते हुने विरोध सभामा सम्बोधन गर्न मोरङका विभिन्न क्षेत्रमा हुने विरोध सभाको लागि १७ जना वक्ताको टिङ्गो लगाईसकेको छ । घिमिरेका अनुसार मोरङको निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा नेपाली काङ्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे, प्रदेश सभा (ख) मा प्रदेश सभा सदस्य लोकप्रशाद सङ्रौला र राम प्रशाद पोखरेल , निर्वाचन क्षेत्र नं २ प्रदेश सभा (क) मा प्रदेश सभा सदस्य शिवनारायण शिह , प्रदेश सभा (ख) मा पुर्व सचिव मदन सङ्ग्रौला, निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा (क) मा महासमिति सदस्य वसन्त भट्टराई , प्रदेश सभा (ख) मा पुर्व सचिव यदु विष्ट, निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा (क) मा मोरङ जिल्ला सभापति डिक बहादुर लिम्बु, पुर्व श्रम राज्यमन्त्री दिलिप गच्छदार, जिल्ला उपसभापति भक्ति माझि, प्रदेश सभा (ख) मा केन्द्रिय सदस्य महेश आचार्य, निर्वाचन क्षेत्र नं ५ प्रदेश सभा (क) मा मोरङ जिल्ला सचिव मोदराज घिमिरे, प्रदेश सभा (ख) मा केन्द्रिय सदस्य अमृत अर्याल र हसन अन्सारी, निर्वाचन क्षेत्र नं ६ प्रदेश सभा (क) मा जिल्ला सचिव नागेश कोइराला र महासमिती सदस्य गोपालमान भण्डारी, प्रदेश सभा (ख) मा केन्द्रिय सदस्य शेखर कोइरालाले सम्बोधन गर्नेछन ।

मोरङको ६ वटा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सरकार विरुद्द विरोध सभा भोली पौष २५ गते हुँदैछ । जसमा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (क) को उर्लाबारी बजारमा , प्रदेश सभा (ख) को केराबारी बजारमा, निर्वाचन क्षेत्र नं २ (क) को रतुवामाईको डाम्राभिट्टामा , प्रदेश सभा (ख) को रंगेलीको दर्वेशामा , निर्वाचन क्षेत्र नं ३ (क) को पथरीशनीश्चरेको शनीश्चरे बजारमा, प्रदेश सभा (ख) को सुन्दरहरैचा स्थित सलकपुरमा , निर्वाचन क्षेत्र नं ४ (क) को ग्रामथान स्थित नेताचौकमा , प्रदेश सभा (ख) को विराटनगर स्थित हाटखोलामा, निर्वाचन क्षेत्र नं ५ (क) को रंगेली स्थित काली मन्दिरामा, प्रदेश सभा (ख) को विराटनगर स्थित रानीमा र निर्वाचन क्षेत्र नं ६ (क) को सुन्दरहरैचा स्थित गछियामा र प्रदेश सभा (ख) को विराटनगर स्थित हनुमान मन्दिरामा विरोध सभा कार्यक्रमको आयोजना गरिएको घिमिरेले बताए ।