संजोग स्मृति फुटबलको उपाधिका लागि रारा र सताक्षीधाम भिड्ने

रारा फुटबल क्लब राजारानी धनकुटा र सताक्षीधाम स्पोर्टिङ क्लब झिलझिले झापा मोरङको बलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताकाको उपाधिका लागि भिड्ने भएका छन ।

धरान सिटी एकेडेमी सुनसरीलाई बिहीबार १–० ले हराउँदै सताक्षीधाम उपाधि नजिक पुगेको हो । शिशिर लेखीले ६४ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो सेमिफाइनलमा बुधबार धनकुटाको रारा फुटबल क्लबले मोरङको बिन्दाबासिनी फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल शनिबार हुने छ । बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।