सताक्षीधाम सेमिफाइनलमा

सताक्षीधाम स्पोर्टिङ क्लब बेलबारी फुटबल क्लब रातोलाई हराउदै टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापाको सताक्षीधाम स्पोर्टिङ क्लबले मंगलबार मोरङ बेलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगितामा मोरङको बेलबारी फुटबल क्लब रातोलाई ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

सताक्षीका शिशिर लेखीले २ तथा मनीष थापाले १ गोल गरे । शिशिरले ६२ र ७० औं मिनेटमा गोल गर्दा इन्जुरी समयको दोस्रो मिनेटमा मनीषले गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच घोषित शिशिरले मेडलसहित २ सय ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा मोरङको रारा फुटबल क्लब राजारानी र मोरङको बिन्दबासिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।