भगवती माविको ५७ औँ बार्षिक उत्सव सम्पन्न

मोरङ बेलबारी ३ मा अवस्थित भगवती माध्यमिक विद्यालयले ५७ औँ बार्षिक उत्सव सम्पन्न गरेको छ । मंगलबार बिध्यालयको प्राङ्गणमा कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव सम्पन्न भएको हो ।

बेलबारी नगर उप–प्रमुख ढाका कुमारी पराजुलीको प्रमुख आतिथ्यता तथा बिध्यालय व्यबस्थापन समिति अध्यक्ष प्रताप कुमार थापाको समापतित्वमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा व्यबस्थापन समिति अध्यक्ष थापाले आफ्नो कार्यकालका कार्य प्रगति तथा भावी योजना प्रस्तुत गरे ।
कार्यक्रममा अवकासप्राप्त शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने अवकासप्राप्त शिक्षकहरुमा सुरेन्द्र प्रसाद भटराई, प्रभुराम आचार्य, चक्र बहादुर राई, कविता दाहाल, लिलामाया सुवेदी छन ।