बेलबारी विधुतका कर्मचारीद्वारा बालिका माथी बलात्कारको प्रयास

बेलबारी । मोरङ घर भएका बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रमा कार्यरत एकजना मिटर रिडर जबरजस्ती करणी प्रयासमा पक्राउ परेका छन् । बेलबारी घर भएकी १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार मिटर रिडिङ गर्न गएका मोरङको सुन्दरहरैंचा नगरपालिका–२ का ४० वर्षीय लेखनाथ रिजालले बलात्कारको प्रयास गरेको आरोपमा रिजाललाई प्रहरीले पक्राउ गरेको हो । अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

आईतबार दिउसो मिटर जाँच गर्न गएका रिजालले ति बालिकाको घरमा कोहि नभएको मौकाछोपी बालिकामाथी बलात्कारको प्रयास भएको हो । रिजाल दश वर्ष अघिदेखी बेलबारी वितरण केन्द्रको मिटर रिडरको रुपमा कार्यरत छन् ।

रिजाल विरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।