धनकुटाको रारा क्लब संजोग स्मृति नकआउट फुटबलको सेमिफाइनलमा

बेलबारी ।
धनकुटा राजारानीको रारा फुटबल क्लब मोरङको बेलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमबार मोरङको पथरी शनिश्चरे फुटबल क्लबलाई ३–० ले हराउँदै रारा अन्तिम चारमा पुगेको हो ।

राराका समिर गिलसन कन्दङ्गवाले २ र सुनिल खड्काले १ गोल गरेका थिए । समिरले ४७ औं मिनेटमा गोल गर्दै रारालाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा सुनिलले र ७० औं मिनेटमा समिरले अर्को गोल गरेपछि टोलीले सहज जित हासिल गर्यो ।
म्यान अफ दि म्याच घोषित समिरले २ हजार ५ सय ५५ सहित मेडल प्राप्त गरे । अन्तिम क्वार्टरफाइनलमा बेलबारी फुटबल क्लब रातो र सताक्षीधाम स्पोटिङ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।