बुधबार इटहरीमा राजावादीले बृहत् पर्दशन गर्ने

इटहरी । प्रधानमन्त्री के पि शर्मा ओलीले संसद विघटन गरे यता देखि संघियताको खारेजीको माग समेत तिव्र रुपमा उठ्न थालेको छ । यही सन्दर्भमा राजसंस्था र हिन्दु राज्यको माग राख्दै सुनसरीको इटहरीमा आगामी बुधबार वृहत्त कार तथा मोटरसाईकल र्यालीको आयोजना हुने भएको छ ।

पुर्वाञ्चलबासी नेपाली जनताको नाममा आयोजना गर्न लागेको कार र्याली भव्य हुने आयोजकले जानकारी दिएको हो ।

इटहरी देखि विराटनगर सम्म आयोजना गरिने कार तथा मोटरसाईकल र्यालीका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट रामु पोखरेलले राजसंस्था र सनातन धर्म सहितको हिन्दु अधिराज्यका लागि राजनैतिक दल भन्दा माथि उठेर सहभागी हुन सबैलाई आग्रह गरे । मुलुक संकटमा रहेको अवस्थामा दल भन्दा माथि उठेर राजसंस्था सहित हिन्दु राज्य कायम गर्दै संघियताको खारेजीका लागि दवाव दिन र्यालीको आयोजना गरिन लागेको पोखरेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिदै आयोजकका तर्फबाट संघियता नेपालका लागि उपयुक्त नभएको संसद विघटनले समेत पुष्टि गरी सकेको वताउदै । विदेशीहरुको इसारामा केही नेताहरुका बलमा जबरजस्ती राजसंस्था , सनातन हिन्दु राज्य खारेज गरेर गणतन्त्र स्थापना गरिएपनि गणतन्त्र छोटो समयमै असफल भई सकेको दावी गरे । र्याली ऐतिहासिक हुने आयोजक सुरज कडेलले दावी गरे ।

रामु पोखरेल , सुरज कडेल र युगप्रिय निरौलाले पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए। पत्रकार सम्मेलनमा दिपेन्द्र कार्की , आकास सुब्बा , रमा बास्तोला , युगप्रिय निरौला , गिता नेम्वागं, दुर्गा लामा लगायतको सहभागिता रहेको थियो ।