बेलबारीमा कुमारी बैकको १८७ औ शाखा स्थापना

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा कुमारी बैकको १८७ औ शाखा स्थापना भएको छ । सोमबार बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता र कुमारी बैकको सञ्चालक समिती सदस्य महेश प्रसाद पोखरेलको उपस्थितिमा उक्त शाखाको उद्घाटन भएको हो ।

हाल बेलबारी नगरपालिकामा १२ वटा बैकहरु रहेका छन । पछिल्लो समय बेलबारीमा बैकहरुको शाखा विस्तार उल्लेख्य रुपमा वृद्धि भईरहेको छ । बैकहरुको शाखा वृद्धि हुने क्रममा थप बेलबारीमा कुमारी बैकले नया शाखा विस्तार गरेको कुमारी बैक बेलबारी शाखा प्रमुख अम्बिका प्रसाद खतिवडाले बताए । शाखा विस्तार सगै बैकको लक्ष्य आफ्नो ग्राहकहरुलाई सरल तरिकाबाट सुविधा पुर्याउदै बेलबारी नगरकै आर्थिक विकासमा सहयोग पुर्याउने रहेको खतिवडाले बताए ।

प्रमुख अतिथी नगरप्रमुख सुवेदीले विभिन्न बैकहरुको नया शाखा विस्तारले नगरकै आर्थिक विकासमा टेवा पुग्ने बताए । उनले नगरपालिका नगरको आर्थिक विकासमा बैकहरु सग सहकार्य गर्न तयार रहेको बताउदै बैकहरुले नगरवासीहरुलाई सहज रुपमा सेवा पुर्याउन आग्रह गरेका थिए ।

२० वर्षको अवधिमा देश भर कुमारी बैकको १९२ वटा शाखा विस्तार भएको छ । जस मध्ये बेलबारी शाखा १८७ औ शाखा रहेको छ ।

उद्घाटन समारोहमा जेष्ठ नागरिक डिल्ली बहाफुर थापाको सभापतित्व रहेको थियो भने केराबारी गाउपालिकाका अध्यक्ष रोहित कार्की, बेलबारी नगरपलिकाकि उपप्रमुख तारा पराजुली लागायत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।