बिहानै सुन्दरहरैचाको बुधबारे बजारको एक घरमा आगलागी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ मा आज ( शनिबार ) बिहान आगलगी भएको छ ।

वडा नं ९ स्थित जय प्रकाश आचार्यको काठे घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरीका अनुसार घर काठको भएको हुदा आगलागीबाट पुर्ण रुपमा क्षति भएको छ । घर पुर्ण रुपमा क्षति भए पनि क्षतीको विवरण आउन बाकी रहेको छ ।

आगलागी लाग्नुको कारण प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए ।