सुन्दरहरैचामा खुल्यो ब्याग उधोग

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ९ चादनी चौकमा ब्याग उद्योग सञ्चालनमा ल्याइएको छ । स्थानीय महिला उधमी देवी पौडेलले कामना ब्याग उद्योग सञ्चालनमा ल्याएका हुन् ।

प्रदेश न १ भरी नै यस्ता उद्योग कम भएकाले बजारको माग कामना ब्याग उद्योगले पूरा गर्ने अनुमान गरिएको महिला उधमी पौडेलको भनाई छ ।

हाल उक्त उधोगमा १७/१८ जनाले रोजगारको अवसर पाए पनि उद्योगको लक्ष्य अनुसार १०० जना भन्दा बढी स्थानियले निकट भविष्यमा नै रोजगार पाउने पौडेलले बताइन ।

हाल उक्त उधोगमा विभिन्न प्रकारका प्लास्टिकका बोरा बनाउनुका साथै ब्याग पनि उत्पादन गरिन्छ

जस्तै चामलको बोरा, मैदाको बोरा, चिउरा भुजा, साग सब्जी राख्ने बोरा, गहुको भुस भर्ने बोरा लगाएतका सामानहरु अर्डर अनुसारका उत्पादन गरिने पौडेलले जानकारी दिईन ।

उक्त ब्याग उधोगको शुक्रबार सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले उद्घाटन गरेका छन । उद्घाटन समारोहमा नगरप्रमुख ढकालले सुन्दरहरैचामा महिला उद्यमिको बिकास तथा प्रबर्द्धनमा नगरपालिकाले उत्साह पुर्वक सहयोग र हौसला दिदै आएको बताएका थिए ।

नगरले महिलाको क्षमता विकासको लागि विभिन्न स्वरोजगार तालिमहरु सञ्चालन गर्दै आईरहेको नगरप्रमुख ढकालले बताएका छन ।