इटहरी नेपाल केम्पो खुकुरी मार्सल आर्टसको अध्यक्षमा रोशन सिहं लामा

इटहरी । नेपाल केम्पो खुकुरी मार्सल आर्टस सघ इटहरीको अध्यक्षमा रोशन सिहं लामा चयन भएका छन । लामा कार्तिक २७ गते अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै संघको उपाध्यक्षमा कमल जंग दाहाल, सचिवमा सम्राट थापा , सहसचिवमा सागर विष्ट त्यस्तै कोषाध्यक्षमा दर्शन ढकाल चयन भएका छन ।

त्यस्तै संघको सदस्यमा शम्भु परियार, सुदर्शन ढकाल, मौसम कार्की, सरोज चौहान, उज्ज्वल लामा कार्की, सविन श्रेष्ठ , सुमन नेपाली र पदम तामाङ चयन भएका छन ।

कार्तिक २७ गते अध्यक्षमा चयन भएका लामाले पुस १३ गते बसेको बैठकले उपाध्यक्ष , सचिव , सहसचिव, कोषाध्यक्ष र सदस्यमा अन्य व्यक्तीलाई चयन गरेका हुन ।