बेलवारी जेसिज बर्ष २०२१ को अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी

बेलबारी ।
बेलवारी जेसिजको बर्ष २०२१ का लागि अध्यक्ष पदमा राजेन्द्र बहादुर अधिकारी चयन भएका छन । बुधबार बेलबारी २ शिक्षा सन्देस इङ्लिस स्कुलको सभाहलमा संपन्न चौथो शाखा अधिवेशन तथा पाँचौ बार्षिक साधारणसभाबाट बर्ष २०२१ का लागि नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यकारीणी उपाध्यक्षमा कोषराज श्रेष्ठ(बाबुराम), सनम पोख्रेल(सन्तोष), उपाध्यक्ष पदका लागी बिजय तोलाङ्गी ,जनम नेपाल, दिल बहादुर श्रेष्ठ(सुमन), रोसन परियार र सचिब पदमा नवराज सिंह खड्का सर्वसहमत रुपमा निर्वाचित भएका छन ।