बेलबारीमा ब्लक उद्योगको शिलन्यास

बेलबारी ।

मोरङको बेलबारीका ४ युवाले ब्लक उद्योग सन्चालनमा ल्याउने भएका छन । बेलबारी ३ पशु हटिया छेउमा बन्ने उद्योगको बुधबार शिलन्यास भएको छ ।

बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्योगको सिलन्यास गरेका छन ।
ऐश्वर्य मिलन कन्ट्रक्सन एण्ड इन्जिनियरिङ वर्क प्रालि नामबाट १ करोड ५० लाख लगानिमा ब्लक उद्योग सन्चालनमा ल्याउन लागिएको जनक पोख्रेलले जानकारी दिए । बेलबारी ३ का हेमसागर ढकाल, बिपिन आचार्य, मनिष सुवेदी र जनक पोख्रेलको लगानिमा उद्योग बन्न लागेको हो ।

उद्योगले फाल्गुन दोश्रो साताबाट उत्पादन सुरु गर्ने पोख्रेलले जानकारी दिए ।