द्रब्य ब्याण्डको म्युजिक भिडियो सार्बजनिक हुदै

बेलबारी ।

द्रब्य ब्याण्डले तयार गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । मोरङ बेलबारीमा रहेको ब्याण्डले भिडियो बिहिबार मध्यराति सार्वजनिक गर्ने जनाएको छ ।

ब्याण्डले बुधबार पत्रकार सम्मेलन गरी बेलबारी ३ फन पार्कमा आयोजना हुने न्यु इयर इभ कार्यक्रममा भिडियो सार्वजनिक गर्ने जानकारी दिएको छ ।

आँसुले बोलको गितको भिडियोमा बेलबारीकै रमणिय र पर्यटकिय स्थलमा सुटिङ सम्पन्न गरिएको ब्याण्डका म्यानेजर हरि गुरुङले जानकारी दिए ।