पथरीका बाल अधिकारकर्मी भण्डारी बास्कोटा निवासमा मृत फेला

मोरङ । मोरङको पथरीशनिश्चरेका बाल अधिकारकर्मी संजिव भण्डारी मंगलवार बिहान युवराज बास्कोटाको घरमा मृत फेला परेका छन् । भण्डारी जिल्ला बाल क्लव समन्वय समिति मोरङका सदस्य तथा पुर्व नगर अध्यक्ष हुन ।

मंगलवार विहान बस्कोटाको घरमा उनि मृत फेला परेका हुन । भण्डारी वास्कोटाका प्रिय पात्रका रुपमा रहेका थिए । सोमवार राति सकुशल अवस्थामा सुत्नका लागि कोठा प्रवेश गरेका भण्डारी घर मुली युवराज वास्कोटाका अनुसार विहान करिव ७ वजेको समयमा खाटमा मृत फेला परेका हुन ।

उनको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । भने घटनाको प्रारम्भिक अनुसन्धान थालिएको पथरी प्रहरीले जनाएको छ ।

मृतककी आमा र दाजु यसो भन्छन् संजिवको मृत्युमाः

मंगलवार विहान वास्कोटाको घरमा मृत फेला परेका भण्डरीको मृत्यु वारे परिवारले साधारण मृत्यु नभई षडयन्त्रपूणर् ढंगले घटाइएको घटना भएको दावि गरेको छ । मृतककी आमा राधिका भण्डारीका अनुसार-“छोराले मलाई साझ ७ वजे तिर फोन गरेर युवराज दाईले मलाई वस भन्नु भएको छ म यही वस्छु आज आउदिन यहा जग्गाको काम छ म जग्गाको काम मिलाउदै छु भोली आउछु भन्यो तर आज यस्तो घटना घट्यो ।

मेरो छोराको मृत्यु अहिले हर्टअटयाक भएर भएको हुन सक्ने भनिएको छ तर मेरो छोरोको मृत्यु त्यसरी भएको म मान्दिन मेरो छोरोलाई मारिएको हो । किनकी मेरो छोरोको गर्धन फुलिएको छ, पेट फुलेको छ, एक पटिको कान निलो भएको छ मेरो छोरोलाई त्यही घरमा घटना नघटाएको भएपनि अन्तै घटना घटाएर त्यहा ल्याएर सुताएको हुन सक्छ, मेरो छोरोको घटना आफै भएको हैन घटेकै हो घटाएकै हो हामीले छानविनका लागि प्रहरीमा जाहेरी दर्ता पनि गराएका छौ ।”

युवराज बास्कोटा भन्ने मान्छेलाई मैले लगभग २ महिना अगाडी देखी मात्रै चिन्न थालेकी हुँ त्यो भन्दा अगाडी मैले नाम मात्रै कतै कतै सुनेको हँु राजनिती गर्छन भन्ने सुनेको थिए त्यो भन्दा अन्य हिसावले म उहालाई चिन्दिन भन्दै मृतककी आमाले भनिन मेरो छोरोलाई युवराज बास्कोटाको कामको दवावकै कारण षडयन्त्र गरेर मारिएको हो घटनाको सत्य तथ्य छानविन नभए सम्म र हामी पोष्टमार्टम पश्चात पनि शवको अन्त्यष्टि गर्न दिन्नौ ।”

यस्तै मृतक भण्डारीका दाजु दिवश भण्डारी भन्छन्-“युवराज वास्कोटाले मेरो भाईलाई षडयन्त्रपुणर् तरिकाले मारेको हो । जागीरको प्रलोभन देखाएर घर बाट उसलाई लैजाने गरेको थियो बास्कोटाले कहिले नेपाल टेलिभिजनमा काम लगाइदिन्छु कहिले अव म मन्त्रि भएपछि आफ्नै पिए बनाउछु भन्ने कहिले बैदेशिक भ्रमणको अवसर मिलाई दिन्छु भन्दै प्रलोभन देखाउदै त्यो केटाकेटीलाई आफ्नो प्रयोगका लागि लैजाने गरेको थियो ।

मैले त त्यो मान्छे ठिक छैन नजा भनेर भाईलाई सम्झाएको थिए उ आफनै जिद्धिले जाने गथ्र्यो अव घटना घटिसक्यो यसको सत्य तथ्य छानविन हुन पर्‍यो दोसीलाई कार्वाही हुनपर्‍यो । जागीरको प्रलोभन देखाएर दवावमा राखेकै कारण मेरो भाईलाई षडयन्त्रपुणर् तरिकाले मारिएको होे ।”

को हुन त युवराज वास्कोटा ? यसो भन्छन् घटनाको वारेमाः

युवराज बास्कोटा नेकपा ओली समुहका केन्द्रिय सदस्य तथा पथरीका एक बौद्धिक राजनैतिक व्याक्तित्व हुन । उनि केहीदिन अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली समुहको केन्द्रिय समिति सदस्य बनेका थिए । त्यसको केही दिनमै स्थानिय स्तरमा उनका प्रिय पात्रका रुपमा रहेका युवालाई गुमाउन पुगेका छन् ।

घटनाको बारेमा बास्कोटा भन्छन्-“भाई निकै राम्रा र मिलनसार व्याक्ति थिए आज आफ्नै घरमा यस्तो अप्रिय घटना हुदा मर्माहत भएको छु, सोमवार बेलुका म घर जादा भाई पनि घरमै थिए उनले दिउसो भएको कार्यक्रमको बारेमा केही बेर मलाई जानकारी गराउनु भयो म उहालाई कान्छा भनेर बोलाउने गर्थे उनि निकै प्रिय युवा थिए । त्यसपछि हामीले केही बेर दिउसो कार्यक्रमको बारेमा छलफल गर्यौ र खाना खान म श्रीमती र भाई माथिल्लो तलामा गयौ र खाना पछि सुत्नको लागि आ-आफ्नो कोठामा लाग्यौ त्यसको लगभग १ घण्टा जति मैले आफ्नो कोठामा ल्यापटप चलाएर वसे त्यसपछि हामी पनि सुत्यौ भाई त अगाडी नै आफ्नो कोठामा गएका थिए ।

विहान करिव ६ वजे तिर श्रीमति र म घरको आगन सफा करिव ७ वजे तिर चिया खाने तयारी गर्दा भाईलाई श्रीमतिले बोलाएको मैले वाथरुम बाट सुने त्यो समयमा भाईले कुनै प्रतिक्रिया दिएनन् त्यही समयमा भाईको मोवाइलमा फोन पनि आइरहेको मैले सुनीरहेको थिए तर भाईले कुनै प्रतिक्रिया नदिए पछि श्रीमती उनलाई उठाउन पुगिछीन र भाईको अवस्थाको बारेमा मलाई पनि जानकारी गराईन अनि मात्र मैले थाहा पाएको हुँ त्यसपछि मैले प्रहरीलाई जानकारी गराउदै डक्टर सहित आइदिन अनुरोध गरे प्रहरी घरमा आउनु भयो र घटनाको बारेमा छानविन गर्न थाल्नुभयो त्यही विचमा मैले जनप्रतिनिधी देखी लिएर परिवारमा समेत जानकारी गराए साहै्र अप्रिय भयो मर्माहत छु नसोचेको घटना घट्यो ।”

प्रहरीको प्रारम्भिक अनुसन्धानले यसो भन्छः

मंगलबार विहान वासकोटाको घरमा मृत अवस्थामा भेटिएका भण्डारीका बारेमा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरी भन्छन्-“ परिवारको तर्फ बाट घटनाको छानविनका लागि सहयोग पुर्‍याउन जाहेरी दर्ता भएको छ हामी परिवारले दिएको जाहेरीका आधारमा घटनाको छानविनकै क्रममा रहेका छौँ पोष्टमार्टमका लागि शव विपी स्वास्थ्य प्रतिष्ठानमा पठाइएको छ थप कुरा पोष्टमार्टम रिर्पोट पश्चात पहिचान हुने छ।”

भण्डारीको मृत्यु सगै पथरीशनिश्चरे वडा नम्वर १० को जिरीखिम्ती भने शोकमा डुवेको छ ।