काङ्ग्रेस अब देशकै ठुलो पार्टी हुन्छ: प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस देशकै ठूलो पार्टी हुने बताएका छन ।

कान्तिपुर टेलिभिजनसग गरिएको एक अन्तर्वार्तामा उनले काङ्ग्रेस देशकै ठूलो पार्टी हुने बताएका हुन । उनले उक्त कार्यक्रमबाटै प्रतिनिधिसभा पुनःस्थापन हुने बताउदै नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवालाई निर्वाचन हुने भ्रममा नपर्न आग्रह गरे ।

उनले आगामी निर्वाचनमा काङ्ग्रेस सग सहकार्य गरेर जान तयार रहेको बताउदै आफुलाई शंका नगर्न समेत आग्रह गरे । प्रचण्ड भन्छन : ” हिजोको दिनमा पनि मैले काङ्ग्रेस सगको सहकार्यमा सरकार बनाएकै हु । अब पनि सहकार्य गरेर जान सकिन्छ । “

तर नेपाली काङ्ग्रेसले आगामी चुनाव एक्लै लड्ने बताईसकेको छ । प्रतिनिधि सभा विघटन सम्बन्धि विरोध कार्यक्रम समेत नेपाली काङ्ग्रेसले एक्लै आयोजना गर्दै आइरहेको छ ।