लालीगुराँस साकोसको साधारणसभा सम्पन्न, अध्यक्षमा दुर्गा प्रसाद गौतम

बेलबारी
मोरङ बेलबारी ३ मा अवस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले दुर्गा प्रसाद गौतमको अध्यक्षतामा निर्विरोध १४ सदसिय सन्चालक समिति चयन गरेको छ ।

शनिबार साँस्कृतिक भवन बेलबारी १, भगवति मा.वि. बेलबारी ३ र संस्थाको सभाहल बेलबारी ३ मा साधारणसभाको आयोजना संपन्न भएको थियो । आइतबार संस्थाको सभाहलमा बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सन्चालक समिति सदस्यहरुको सपथग्रहण भएको छ ।

साधारणसभाले उपाध्यक्षमा हरिमाया खतिवडा सचिवमा नारायण प्रसाद आचार्य कोषाध्यक्षमा राजेन्द्र थापा सह–सचिवमा सागर सुवेदीलाई चयन गरेको छ । सन्चालक सदस्यहरुमा खगेन्द्र प्रसाद ओझा, राजेशजंग कार्की, फडिन्द्र बहादुर थापा, खगेस्वरी दाहाल, शान्ति लिम्बु, नितु थापा चयन भएका छन । लेखा संयोजक राजु बस्नेत र लेखा सदस्यहरु विश्वनाथ निरौला र तुलसा राई चयन भएका छन ।

२ हजार ९ सय ३० जना सेयर सदस्यहरु रहेको संस्थाले जनाएको छ ।