इन्द्रपुर जेसिज वर्ष २०२१ को अध्यक्षमा कृष्ण ओझा

सुन्दरहरैचा । इन्द्रपुर जेसिज वर्ष २०२१ को अध्यक्षमा कृष्ण प्रसाद ओझा चयन भएका छन । आज भएको १९ औ वार्षिक साधारणसभाबाट ओझा अध्यक्षमा चयन भएका हुन । ओझाले अध्यक्ष पदका उम्मेदवारी भवानी ढकाललाई ७४ मत ल्याएर पराजित गरेका हुन ।

आज भएको निर्वाचनमा १०६ जना जेसिज सहभागिता रहेको थियो जसमा ६ मत बदर हुदा जम्मा १०६ मत खसेको थियो । खसेको मतमा अध्यक्ष पदका उम्मेद्वार कृष्ण ओझालाई ७४ मत र उनका प्रतिद्वन्द्वी भवानी ढकाललाई २६ मत प्राप्त भएको थियो ।

वर्ष २०२१ को निर्वाचन भने दोस्रो ईतिहास भएको मतदाताहरुले बताएका छन । यस अघि वर्ष २०१७ मा प्रथम पटक निर्वाचन भएर नेतृत्व गराएको हो । प्राय हरेक वर्ष सहमतिको आधारमा नेतृत्व चयन गरे पनि यस वर्ष चुनावी प्रक्रिया बाट जेसिजले नेतृत्व चयन गरेको हो ।

त्यस्तै वर्ष २०२१ को लागि कार्यकारीणी उपाध्यक्षमा उज्ज्वल थापा, टेकमणी न्यौपाने, उपाध्यक्षमा उत्सव थापा, उपाध्यक्ष युजिन आचार्य, उपाध्यक्ष प्रभा ढकाल
उपाध्याक्ष लोकप्रसाद भट्टराई, सचिवमा एलिस ओझा त्यस्तै जनसम्पर्क अधिकारीमा गोपाल दाहाल चयन भएका छन ।

त्यस्तै कार्यकारी उपाध्यक्ष उज्ज्वल थापा, टेकमणी न्यौपाने चयन भएका छन ।