सुन्दरहरैचामा कृषकलाई मकैको बीउ वितरण

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपलिका क्षेत्रका कृषकलाई अनुदानमा मकैको बिउ वितरण गर्न थालिएको छ । मकै खेतीका लागि कृषि शाखा सुन्दरहरैचाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाईब्रेड जातको मकैको बिउ वितरण गर्न थालेको हो ।

नगर उपप्रमुख धनमाया तामाङद्धारा कृषकहरुलाई बिउ हस्तान्तरण भए सँगै सोमबारदेखी मकैको बिउ वितरण गर्न सुरु गरिएको छ ।

खाद्यान्न बाली मध्ये दोस्रो बालीको रुपमा रहेको मकै खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न र बढी भन्दा बढी मकै उत्पादन गरी कृषकहरुको आर्थिक आयस्तर बृद्धि गराउन मकैको बिउ वितरण गरिएको कृषि शाखा सुन्दरहरैचाले जनाएको छ ।

कृषि शाखाका अनुसार ८१ जना कृषकलाई झण्डै १ टन बढी बिउ वितरण गरिने भएको छ ।

बिउ वितरण कार्यक्रममा नगर उप प्रमुख तामाङले मकै खेतीलाई उत्पादनमुखी बनाउन कृषकहरुलाई अनुरोध गरिन । उनले कृषकहरुलाई समुह सहकार्यका साथ आर्थिक उन्नती हुने गरी कृषि खेती प्रणालीमा जुट्न समेत आग्रह गरेकि थिईन ।

कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईका अनुसार सुन्दरहरैचा नगरपालिका अन्तर्गत पर्ने १ देखि १२ वडाका कृषकहरुको माग अनुसार ५० प्रतिशत अनुदानमा रामपुर जातको हाईब्रेट मकैको बिउ वितरण गरिएको जानकारी दिए ।

साथै नगरपालिकाले १६ हजार मूल्य बराबरको मैकै छोडाउने उपकरण ९ जना कृषकलाई ५०% अनुदानमा वितरण गरेको छ ।

कृषि शाखाको अनुसार कृषकको माग बमोजिम मकैको बीउ र उपकरण वितरण गरेको हो ।

मकै खेती गर्ने कृषकहरुले ५० प्रतिशत अनुदानमा कृषि शाखा सुन्दरहरैचाको कार्यालयमा आएर मकैको बिउ लिन सक्ने कृषि प्रमुख भट्टराईले बताए ।